पृथ्वीनारायण शाहको सालिक पुनःस्थापना गरिएपछि नुवाकोटमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।
विदुर नगरपालिका-७ देवीघाटस्थित शाहको समाधिस्थलमा यसअघि द्वन्द्वकालका भत्काइएको सालिक स्थापना गरिएपछि पर्यटक आगमनमा वृद्धि आएको हो । सालिक पुनःस्थापनापछि पर्यटकीय गन्तव्यको रुपमा चिनिने देवीघाटमा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीय रणभुवनेश्वरी उच्च माविका शिक्षक पद्मकान्त भट्टले जानकारी दिनुभयो ।
हाल दैनिक ४० देखि ५० हाराहारीमा बाहिरी जिल्लाबाट आन्तरिक पर्यटक सालिक अवलोकनका लागि आउने गरेको भट्टले बताउनुभयो ।