ठूला मोबाइल ब्रान्ड ‘गैरकानुनी’


१५ मंसिर, काठमाण्डौं । नेपाली उपभोक्तामाझ लोकपि्रय बन्दै गएका अधिकांश ठूला मोबाइल ब्रान्डले आधिकारिक निकायबाट स्वीकृती लिएका छैनन् । एप्पलको आइफोन, रिमको ब्ल्याकबेरी, एचटीसी, सोनी र सोनी इरिक्सनका मोडल ‘टाइप अप्रुभल’ नलिइकनै बढ्दो प्रयोगमा छन् । दूरसञ्चार ऐन, २०५३ अनुसार स्वीकृतिबिनै सेट आयात गरिए ५० हजार रुपैयाँसम्म कारबाही हुने प्रावधान रहेको खबर कारोबार दैनिकले छापेको छ ।
एप्पलको आइफोन नेपालमा बिक्री नगरिए पनि ब्ल्याकबेरी, एचटीसी, सोनी र सोनी इरिक्सनका मोडल आधिकारिक वितरकबाट विक्री-वितरण भईरहेका छन् ।
प्राविधिक तथा सुरक्षासम्बन्धि निर्धारित मापदण्ड पूरा गरी उत्पादन गरिएका मोबाइल सेटलाई सम्बन्धित मुलुकले बिक्री खुल्ला गर्नुअघि दिने स्वीकृती नै ‘टाइप एप्रुभल’ हो । नेपालमा दूरसञ्चार प्राधिकरणले यस्तो स्वीकृति दिन्छ ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post