भुइँचालोबाट बच्न ८३ खाली ठाउँ


१५ मंसिर, काठमाण्डौं । सरकारले भुइँचालोलगायतका प्राकृतिक विपत्ति पर्दा बच्न उपत्यकाका ६८ स्थानको ८३ ओटा खाली ठाउँको संरक्षण गर्ने भएको छ । सरकारले उपत्यकाबासीको सुरक्षाका लागि भन्दै तोकिएको ती स्थानमा गृह मन्त्रालयको पूर्वस्वीकृतिबिना कुनै पनि संरचना निर्माण गर्नसमेत निषेध गरेको छ ।
गृहमन्त्रालयले ८३ ओटा स्थानको संरक्षण गर्न विशेष कार्यायोजना तयार गरी मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदको बिहीबारकेा बैठकले सो कार्ययोजनालाई जस्ताको तस्तै पास गरेपछि खाली स्थानहरु संरक्षण हुने भएका हुन् ।

गृहमन्त्रालयका सह-सचिव एवं योजनता तथा विशेष सेवा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकालले खाली स्थानलाई संरक्षण गरी ती स्थानमा आवश्यकीय सेवा उपलब्ध गराउने विषयमा विस्तृत विवरण तयार गरी गृहमन्त्री विजयकुमार गच्छादारसमक्ष पेस गरेका थिए । सो प्रस्ताव गृहमन्त्रीले मन्त्रिपरिषद्मा पेस गरी पास गराएको खबर राजधानी दैनिकले छापेको छ ।

राजधानीमा रहेका स्थानहरु मध्ये टँडिखेल, विमानस्थलसँगै रहेको गल्फ फोर्स, पशुपति क्षेत्र विकास कोषको खाली स्थान, दशरथ रंगशाला, ललितपुरको च्यासल खेलमैदान, सातदोवाटोस्थित खेलकुद एकेडेमी, सानो गौचरन, नार्कको खाली जग्गा तोकिएको छ ।

यस्तै, कीतिपुरस्थित त्रिविको खेलमैदान, हायात रिजेन्सी होटलको खाली जग्गा, चक्रपथवरपरको गि्रन वेल्ट, भत्तपुर सल्लाघारीको चौर, विष्णुमती र बागमतीकिनारको खालीजग्गा लगायत ८३ स्थानलाई गृहमन्त्रालयले संरक्षण सुरु गरेको हो ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post