भारतीय अपराधिको निशानामा पारस !


पूर्व युवराज पारस शाह गणतन्त्र स्थापनापछि कहिले सिंगापुर त कहिले थाइल्याण्डमा दिन बिताइरहेका छन् ।

ज्ञानेन्द्रपछि राजा बन्ने लाइनमा रहेका पारस गणतन्त्र स्थापनापछि बिरक्तिएर वा पत्नी हिमानी र बाबुआमासँगको सम्बन्ध बिग्रिएर बाहिरै बरालिइरहेको अनुमान गर्छन । तर, सुरक्षा स्रोतहरुको भनाईलाई मान्ने हो भने पारस यसरी मुलुक बस्न नसक्ने अबस्था आउनुमा सुरक्षा चुनौती मुख्य हो ।



जमिम शाहको हत्या र युनुस अन्सारीमाथि गोली प्रहार गरिएको घटनामा सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको निष्र्कष छ- अबको निशाना पूर्व युवराज पारस हुन् ।’ यी दुई गुप्तचर निकायमात्र हैन, प्रहरी र मुलुकको गुप्तचर नियका राष्ट्रिय अनुसन्धान बिभागले गरेको आन्तरिक छानविनमा पनि पारस असुरक्षित रहेको बिश्लेषण गरिएको छ ।

आखिर किन पारस असुरक्षित छन भारतीय अपराधिक समूहबाट ? पत्रकार सरोजराज अधिकारीले लेखेको ‘चक्रब्युहमा चन्द्रसूर्य’ पुस्तकमा जमिम शाह, फैजान अहमद र युनुस अन्सारीमाथि आक्रमण गर्ने भारतीय अपराधिक समूह छोटा राजनबाट पारसमाथि खतरा रहेको खुलासा गरिएको छ, जसलाई शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ ।

भारतीय संचार माध्यमहरुले जसजसलाई जाली नोट कारोबारमा संलग्न भनेर आरोप लगाएका छन उनीहरुलाई छोटा राजन समूहले हत्या वा आक्रमण गर्दै आएको छ । ती संचारमाध्यमहरुले युनुस र जमिम संलग्न जाली नोट गिरोहमा पारसको नाम पनि मुछेपछि उनी पनि निशानामा रहेको सुरक्षा अधिकारीहरुले बिश्लेषण गरेको पुस्तकमा उल्लेख छ ।

पारसले दाउद इब्राहिमको समूहमा रहेर जाली नोट कारोबार गरिरहेको भारतीयहरुको आरोप छ । पुस्तकमा युनुसलाई जेलभित्रै आक्रमण हुनुअघि पारसमाथि आक्रमणको तयारी भएको समेत दावी गरिएको छ । आक्रमणमा भारतीय गुप्तचर निकायको संरक्षणप्राप्त छोटा राजन समूहको हात रहेको निष्र्कष निकालिएको छ ।

भारतीय पूर्व गुप्तचर अधिकारीहरुले दरबार हत्याकाण्डपछि पारसलाई दाउद इब्राहिमसँग जोडिएको अरोप लगाउन थालेका थिए । उनीहरुले पारसकै योजनामा दरबार हत्याकाण्ड भएको समेत दावी गरेका थिए ।
गणतन्त्र स्थापनापछि दुई बर्षसम्म नेपालमै रहेका पारस त्यसपछि बिदेश पलायन हुनुमा आफ्नो ज्यानमाथि खतरा देख्नु मुख्य कारण रहेको बताइएको छ । शक्ति केन्द्रहरुले चाहँदा राजपरिवार नै सखाप भएको आफ्नै आँखा अगाडी देखेका पारसलाई नेपालमा आफ्नो ज्यान सुरक्षित छैन भन्नेमा कुनै दुबिधा रहेन् । जसका कारण उनी कहिले सिंगापुर त कहिले थाइल्याण्ड वस्दै आएका छन् । नेपाल आएका बखत पनि केही दिन गुपचुप बसेर फर्किहाल्छन् । भारतीयहरुले जाली नोट कारोबारी भनेर आरोप लगाएकाहरु अहिलेसम्म कोही पनि बाँच्न नपाएको दृष्टान्त प्रस्तुत गर्दै पुस्तकमा पारस पनि असुरक्षित रहेको दावी गरिएको छ ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post