स्थायी नहुने संकेत बुझेर न्यायाधीशले दिए राजीनामा


१५ मंसिर, काठमाण्डौं । स्थायी हुने कुनै संकेत नदेखेपछि सर्वोच्च अदालतका अस्थायी न्यायाशीश भरतराज उप्रेतीले बिहीबार राजीनामा दिएका छन् । चार बर्षसम्म पनि स्थायी हुन नसकेपछि उप्रतीले विरक्तिएर राजीनामा दिएको सर्वोच्च स्रोतले बताएको छ । उनले राजीनामा पत्रमा ‘चार वर्ष लामो अवधिसम्म न्यायाधीश हुन दिएकोमा बधाई’ भन्दै नेतृत्वप्रति व्यंग्य गरेको खबर कान्तिपुर दैनिकले छापेको छ ।


उनको राजीनामापछि अव सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशबाहेक ११ मा झरेको छ । त्यसमध्ये ६ जना उप्रेतीजस्तै अस्थायी छन् । उनीहरुको पदावधि पनि एक महिनामा सकिँदैछ । त्यसपछि सर्वोच्चमा ५ न्यायाधीश मात्रै बाँकी हुनेछन् । ‘मेरो आवश्यकता सर्वोच्चलाई छैन जस्तो लाग्यो,’ राजीनामा दिनुको कारणबारे उप्रेतीले भने,’नत्र डेढ महिना अघि स्थायी गर्न सक्ने स्थिति हुँदा नेतृत्वले मौका चुकाउने थिएन् ।’ उप्रेतीको राजीनामा व्यत्तिगत भन्दै धेरै टिप्पणी गर्न नसुहाउने प्रधानन्यायाधीश खिलराज रेग्मीले बताएका छन् ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post