१४ मंसिर, कास्की । सहारा क्लबका
पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुले एकेडेमी निर्माणका लागि ८ लाखभन्दा
वढि रुपैयाँ सहयोग गरेका छन् । क्लबको दोविल्लामा निर्माणाधिन फुटबल
एकेडेमीको सहयोगार्थ स्वदेश तथा विदेशबाट रकम आउने क्रम जारी रहेका वेला
क्लबका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुले ८ लाख ६ हजार ९३१ रुपैया सहयोग
गरेका हुन् ।
बिहिबार क्लबमा आयोजित रकम हस्तान्तरण
कार्यकक्रममा क्लवका पदाधिकारी, सदस्य, सल्लाहकार एवम शुभचिन्तकले दिएको
सहयोग रकम क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा क्लबका सल्लाहकार नारायण कार्कीले क्लबले निस्वार्थ भावले एक
भएर लागेको कारण सहयोगी हातहरु बढेको दाबी गर्नु भयो । कार्यक्रममा वरिष्ठ
उपाध्यक्ष विरभद्र आचार्य, महासचिव केशव थापाले एकेडेमिको बारेमा वोल्नु
भएको थियो ।
पोखरा १७ दोविल्लामा बिभिन्न व्यक्ति
तथा संघ संस्थाहरुको सहयोगबाट करिव १ करोड २७ लाखमा सहारा एकेडेमी भवन
निर्माण भएको छ । एकेडेमिको भौतिक संरचना पुरै निमार्ण गर्न करिव डेढ
करोडको लाग्ने क्लबले जनाएको छ ।