
५ मंसिर, पोखरा । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । ‘आर्थिक बृद्धि गर्नुपर्ने चुनौती एकातिर छ भने अर्कोतिर बढ्दो व्यापारघाटा घटाउनु पर्ने चुनौती छ,’ पोखर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा उनले भने, ‘करिब ६ खर्बको व्यापारघाटा धान्नका लागि हामीले औद्योगिक लगानी बढाउनुपर्छ ।’ साथै, नेपालको भौगोलिक विविधता र प्राकृतिक पर्यावरणको संभावनाबाट लाभ लिनुपर्ने उनको भनाइ थियो । सो अवसरमा उनले नेपालले तीसौ लाख पर्यटक आकर्षित गर्न सक्ने संभावना बोकेको बताउँदै सरकार यी तीनै क्षेत्रको संभावना उजागर गर्न लागिपरेको बताए ।
BizKhabar Online - Nepali News, Latest News in Nepali, News in Nepali, Nepali News Paper,Nepali News Today. » अर्थमन्त्री भन्छन्, आर्थिक विकासका लागि ऊर्जा निर्यात र पर्यटन आम्दानी बढाउनुपर्छ